सर्लाही । सर्लाहीको पिपररियामा तीन छोरीलाई विष खुवाएर एक आमाले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै फेरी अर्की एक आमाले दुई छोरालाई विष खुवाएर आत्महत्या गरेकी छन् ।
बरहथवा–११ हिरापुरमा किरान पसल गर्दै आएकी २२ वर्षीया सविता पालले बिहीबार दिउँसो ५ वर्षीया अमन पाल र ३ वर्षीय प्रिन्स पाललाई विष खुवाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
विष सेवनबाट २२ वर्षीया सविता र ५ वर्षीय अमनको मृत्यु भएको छ भने ३ वर्षीय प्रिनसको अवस्था चिन्ताजनक रहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए । महिलाले ‘ब्लुम’ नामक विषादी सेवन गरेको प्रहरीले जनाएको छ । विष सेवन गर्नुको कारण खुल्न सकेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij