२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कोपा डेल रे फुटबलको पहिलो लेगमा रियल मड्रिडलाई सफलता

कोपा डेल रे फुटबलको पहिलो लेगमा रियल मड्रिडलाई सफलता

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबलमा रियल मड्रिडले दोस्रो डिभिजनको क्लब फुएन्लाब्राडालाई पराजित गरेको छ । कोपा डेल रे अन्तर्गत बिहिबार राति अन्तिम ३२ को पहिलो लेगमा रियल मड्रिडले फुएन्लाब्राडालाई २ – ० ले पराजित गरेको हो ।

फुएन्लाब्राडाको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा रियल मड्रिडले दुई गोल गर्दै जित निकाल्यो । दोस्रो रोजाइका खेलाडीलाई मैदान उतारेको रियालले खेलको ६३ औं मिनेटमा मार्को एसेन्सियोको पेनाल्टी गोलबाट अग्रता बनायो ।

खेलको ८० औं मिनेटमा लुकास भास्कुएजले पेनाल्टीमा गोल गर्दै रियललाई २ – ० को जित दिलाए । तर, खेलको अन्तिम १० मिनेट दुवै टोलि १० खेलाडीमा समेटिएको थियो । खेलको ८० औं मिनेटमा फुएन्लाब्राडाका पाको कान्डेला दोहोरो पहेलो कार्डसहित मैदानबाट बाहिरिएका थिए । यस्तै रियलका जेसुसुले ८९ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

दुई टोलीबीचको दोस्रो लेग रियलको घरेलु मैदानमा हुने छ । कोपा डेल रे अन्तर्गत नै अन्तिम ३२ को पहिलो लेगमा लेभान्टे र लास पलमासले पनि जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij