२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको जित

बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको जित

एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको पहिलो टि – ट्वान्टी क्रिकेटमा जित निकालेको छ । बिहिबार राती भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई २० रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको बंगलादेशले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १७५ रन बनाउन सक्यो । बंगलादेशको लागि सौम्य सरकारले ४७ तथा मोहमद सैफुदीनले अविजित ३९ रन बनाए ।

यस्तै सब्बिर रहमानले १९ र मेहिदी मिराजले १४ रन जोडे । बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका डेन पिटरसन, एन्डिले लक्की,बेउरिन हेन्ड्रिक र रोब्बी फ्राईलिंच्कले समान दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै एबी डी भिलियर्स ले ४९ रन जोड्दा फरहान बेहार्डीनले अविजित ३६ रन जोडे । बंगलादेशका मेहिदी मिराजले दुई विकेट लिए ।

यो जितसँगै दक्षिण अफ्रिकाले बंगलादेशबिरुद्ध दुई खेलको टि – ट्वान्टी सिरिजमा १ – ० ले अग्रता बनाएको छ । यसअघि पाहुना टोलिसंगको ३ खेलको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाले ३ – ० को जितसहित क्लिन स्विप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij