
काठमाडौं । सिजन मिडियाले राजधानीमा बिहिबार आयोजना गरेको ‘मिस टिन कलेज २०१७’ को ताज रिलायन्स कलेजमा विविस तेस्रो वर्षमा अध्ययनरत् १९ वर्षीया स्वाती श्रेष्ठले प्राप्त गरेकी छन् ।
उनले विधागत् तर्फको ‘मिस मल्टीमिडियाको अवार्ड’ पनि पाप्त गरिन् । श्रेष्ठलाई उपहार स्वरुप टिभिएस जुपीटर स्कुटर मिलेको छ । साथै प्रतियोगितालाई प्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि छात्रावृति र नेपाल एयर होस्टेज एकाडमीमा एयर होस्टेज तालिमको लागि रु ३५ हजार बराबरको छात्रा्वृति प्राप्त गरिन ।
प्रतियोगितामा लुना प्रधानले फष्ट रनरअप र विधागततर्फ अर्गनाइजर च्वाइस हात पारेकी छन् । यस्तै दिक्षा थापाले सेकेण्ड रनरअप र मिस पर्सनालीटी अवार्ड पाप्त गरिन् । फस्ट रनर अपलाई लाभा मिनि स्माट फोन र सेकेण्ड रनर अपलाई एमआई स्माट मोवाइल फोन, नेपाल एयर होस्टेज तालिम केन्द्रमा रु ३५ हजार बराबरको एयर होस्टेज तालिमको अवसर मिलेको छ ।
प्रतियोगी अनिता खड्का थर्ड रनरअप र सृर्पा महर्जन फोर्थ रनरअपहुँदै वेष्ट ईस्टाइलीस अवार्ड पनि हात पारे । विधागततर्फ रोइसा श्रेष्ठ ‘मिस ट्याल्ेन्ट’ बनिन् । रुपीना तामाङ ‘मिस पपुलर’, सोनी श्रेष्ठ मिस क्रिएटिभ, सुस्मा कार्की मिस फेन्डसिप, प्रकृति जिमा मिस फोटोजेनिक, सुचिता अधिकारी मिस हेल्दी स्माइल, अस्मीता भण्डारी मिस डिसिप्लिन, रेसु श्रेष्ठ भ्युअर्स च्वाइस, प्रविना मर्हजन बेष्ट हेयर घोषित भए ।
प्रतियोगिताको निर्णायक टोलीमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा, नेपाल प्रहरी स्कुल साँगा काभ्रेका प्रिन्सिपल नवीनमान श्रेष्ठ, कंगरु एजुकेशनका प्रबन्ध निर्देशक महेश बाबु तिमलसिना, पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगर, मिस एयर होस्टेज २०१० विजेता काजल खड्का, फिल्म निर्देशक जनकदिप पराजुली, वेष्ट क्राफ्ट डिजाइनर हरि सेन्चुरी थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij