२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

को कहाँ उम्मेदवार ?

को कहाँ उम्मेदवार ?


काठमाडौं । प्रदेश १ अन्तर्गत ताप्लेजुङ प्रदेश क मा वाम गठबन्धनबाट एमालेका बलबहादर साम्होहाङ र ख मा माओवादी केन्द्रका टंक आङबहाङ र लोकतान्त्रिक गठबन्धनबाट क मा लिलादेवी बोखिम र ख मा दिपेन्द्रकुमार सेन्दाङ उम्मेदवार बनेका छन् । पाँचथरमा वाम गठबन्धनबाट क मा गणेशकुमार काङबाङ एमाले र इन्द्र आङ्बो माओवादी केन्द्रका साथै लोकतान्त्रिक गठबन्धनबाट क मा नरेन्द्रकुमार केरुङ र ख मा सुरेन्द्र दाहाल उम्मेदवार बनेका छन् ।

संखुवासभामा बाम गठबन्धनबाट क मा माआवादीका पूर्णप्रसाद राई र ख मा एमालेका तुलसी न्यौपाने र लोकतान्त्रिक गठबन्धनबाट टंक राई र दिपकुमार लिम्बु उम्मेदवार बनेका छन् ।
त्यस्तै भोजपुर प्रदेश कमा एमालेको राजेन्द्रकुमार राई र ख मा शेरधन राई उम्मेदवार भएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट क मा संघीय फोरमका अजम्बर काङमाङ र कांग्रेसका गोविन्द्रबहादुर कार्की उम्मेदवार बनेका छन् ।

खोटाङको क मा एमालेबाट राजन राई ख मा माओवादीका रामकुमार राई र लोकतान्त्रिक गठबन्धनबाट क मा सुभाषकुमार पोखरेलर ख मा विष्णुकमाुर राई उम्मेदवार भएका छन् ।
यसैगरी, ओखलढुंगामा बाम गठबन्धनबाट क मा एमालेका अमिरबहादुर गुरुङ र ख मा माओवादीका मोहनकुमार खड्का उम्मेदवार भएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट क मा मित्रसेन दाहाल र ख मा प्रदिपकुमार सुनुवार उम्मेवदार भएका छन् । त्यस्तै सोलुखुम्बुमा प्रदेश क मा बाम गठबन्धनबाछ एमालेका मानवीर राई र ख मा बुद्धिकुमार राजभण्डारी र लोकतान्त्रिक गठबन्धनबाट प्रकाशसिंह कार्की क मा र ख मा आङगेलु शेर्पा उम्मेदवार बनेका छन् ।

प्रदेश ३ अन्तर्गत रामेछापमा बाम गठबन्धनबाट एमालेका शन्तिप्रसाद पौडेल र कैलाश ढुंगेल उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट रत्नबहादुर कार्की क मा र ख मा जीतबहादुर मगर उम्मेदवार बनेका छन् । दोलखा प्रदेश कमा माओवादीका विशाल खड्का र ख मा एमालेका पशुपति चौलागाईं उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट क मा बर्मा लामा र ख मा केशवराज चौलागाईंले उम्मेदवारी दर्ता गराएका छन् । रसुवाको क मा बाम गठबन्धनबाट एमालेका कन्र्याल तामाङ र ख मा माओवादीका इन्द्रबहादुर गोतामे उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका प्रभात तामाङ क मा र ख मा नयाँ शक्तिका प्रेम तामाङ उम्मेदवार बनेका छन् ।

सिन्धुपाल्चोक १ को क मा बाम गठबन्धनबाट एमालेका अरुण नेपाल, ख बाट सरेस नेपाल र सिन्धुपाल्चोक २ को क बाट माओवादीका युवराज दुलाल र दावा लामा र लोकतान्त्रिक गठबन्धनबाट १ को क मा विष्णुबहादर खत्री, ख मा राजेनद्रकुमार श्रेष्ठ र २ को क मा विकास तामाङ, ख मा निमा तामाङ उम्मेदवार बनेका छन् । त्यस्तै नुवाकोट १ को क मा बाम गठबन्धनबाट माओवादीकी राधीका तामाङ, ख मा एमालेका बद्री मैनाली, नुवाकोट २ को क मा एमालेका केशव पाण्डे र ख मा माओवादीका हिरानाथ खितवडाका साथै लोकतान्त्रिक गठबन्धनबाट १ को क मा महेन्द्र थिङ, ख मा रमेशकुमार महत र २ को क मा जगदिशनरसिंह केसी, ख मा जगतबहादुर तामाङ उम्मेदवार बनेका छन् ।

धादिङ १ को क मा एमालेका राजन्द्र पाण्डे, ख मा माओवादीका शालिकराम जमकट्टेल, २ को ख मा एमालेका रामकुमार अधिकारी र ख मा माओवादीका जगत सिम्खडा उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट १ को क मा मधुकमार श्रेष्ठ, ख मा प्रभावकमाुर सुवेदी र २ को क मा रमेश धमला र ख मा राप्रपालाई समर्थन गरिएको छ ।
प्रदेश ४ अन्तर्गत बाग्लुङ १ को क मा बाम गठबन्धनबाट एमालेका इन्द्रलाल सापकोटा र ख मा राजमोका कृष्ण थापा र लोकतान्त्रिक गठबन्धनबाट दिपेन्द्र थापा क मा र प्रकाश पौडेल ख मा उम्मेदवार बनेका छन् । बाग्लुङ २ को क मा बाम ग ठबन्धनबानट माओवादीका चन्द्रबहादुर बुढा र ख मा राजमोका टेकबहादुर घर्ती उम्मेदवार छन् भने लोकतान्त्रिक गठबन्धनबाट बाग्लुङ २ को क बाट मन्जेशबम मल्ल र ख बाट जीतबहादुर शेरचन उम्मेदवार बनेका छन् । यसैगरी गोरखा १ को बाम गठबन्धनबाट माओवादीका लेखबहादुर थापा, ख बाट एमालेका रामशरण बस्नेत, लोकतान्त्रिक गठबन्धनबाट क मा धिरेन थापा र ख मा राजेन्द्र बजगाईं उम्मेदवार बनेका छन् ।

गोरखा २ को क मा माओवादीका कमला नहर्की र ख मा अमर तमु र लोकतान्त्रिक गठबन्धनबाट २ को क मा नयाँ शक्तिलाई समर्थन गरिएको छ भने ख मा प्रकाश दवाडी उम्मेदवार बनेका छन् । यसैगरी लमजुङ क मा बाम गठबन्धनबाट एमालेका धनञ्जय दवाडी, ख मा पृथ्वीसुब्बा गुरुङ र लोकतान्त्रिक गठबन्धनबाट गर्जबहादुर गुरुङ र ख मा कृष्णप्रसाद कोइराला उम्मेदवार बनेका छन् । मनाङमा बाम गठबन्धनबाट एमालेका दोर्जे दण्डुल गुरुङ र ख मा खण्डा लामा गुरुङ र लोकतान्त्रिक गठबन्धनबाट चिन्ताबहादुर घले क मा र ख मा कर्मा गुरुङ उम्मेदवार बनेका छन् । मुस्ताङको क मा एमालेका महेन्द्रबहादुर थकाली, ख मा इन्द्रधारा विष्ट र लोकतान्त्रिक गठबन्धनबाट मिक्यु गुरुङ, ख मा छिरिङ धावा गुरुङ उम्मेदवार बनेका छन् । त्यस्तै म्याग्दीमा बाम गठबन्धनबाट माओवादीका विनोद केसी क मा र एमालेकी नरदेवी पुन, लोकतान्त्रिक गठबन्धनबाट क मा नेत्रबाहादुर महत र ख मा अमला फगामी उम्मेदवार बनेका छन् ।

प्रदेश ५ अन्तर्गत पूर्वी रुकुमको क मा बाम गठबन्धनबाट माओवादीका तेजबहादुर ओली, ख मा पूर्णबहादुर घर्ती र लोकतान्त्रिक गठबन्धनबाट दुतकुमार पुन क मा र ख मा दत्तबहादुर बस्नेत उम्मेदवार बनेका छन् ।यस्तै रोल्पाको क मा वाम गठबन्धनबाट माओवादीका कुलबहादुर केसी र ख मा दिपेन्द्र पुन उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट क मा शेखरबहादुर महरा र ख मा खगेन्द्र प्रसानद हमाल छन् । प्रदेश ६ अन्तर्गत हुम्लाको क मा वाम गठबन्धनबाट माओवादीका लालकेश जैसी, ख मा विजय भण्डारी र लोकतान्त्रिक गठबन्धनबाट क मा ठानबहादुर रोकाया, ख मा जीवनबहादुर शाही उम्मेदवार बनेका छन् । त्यस्तै जुम्लाको क मा वाम गठबन्धनबाट एमालेका नरेश भण्डारी, ख माओवादीका पदमबहादुर रोकाय उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट राजुसिंह कठायत भिमनिधि हमाल उम्मेदवार बनेका छन् ।

यस्तै कालोकोट क मा बाम गठबन्धनबाट कुर्मराज शाही, ख मा महेन्द्रबहादुर शाही र लोकतान्त्रिक गठबन्धनबाट क मा टेकराज शाही र ख मा कालीबहादुर सहकारी उम्मेदवार बनेका छन् । यसैगरी डोल्पाको क वाम गठबन्धनबाट नन्दसिंह बुढा, ख मा बीरबहादुर शाही, लोकतान्त्रिक गठबन्धनबाट बेगमसिंह ठकुरी र सुरेशबहादुर शाही उम्मेदवार बनेका छन् ।
मुगुको क मा वाम गठबन्धनबाट एमालेका दानसिंह परियार, ख मा चन्द्रबहादुर शाही, लोकतान्त्रिक गठबन्धनबाट क मा हरि मोहन भण्डारी, ख मा प्रकाश सिंह कार्की उम्मेदवार बनेका छन् । त्यस्तै जाजरकोट क मा वाम गठबन्धनबाट एमालेका निरज आचार्य क मा र ख मा करवीर शाही, लोकतान्त्रिक गठबन्धनबाट वेदराज सिंह क मा र दिपकजंह शाह ख मा उम्मेदवार बनेका छन् ।

यसैगरी पश्चिम रुकुमको क मा वाम गठबन्धनबाट माओवादीका गोपाल शर्मा, ख बाट राजु बामी र लोकतान्त्रिक गठबन्धनबाट गंगाराम गौतम र ख मा खढ्कबहादुर डाँगी उम्मेदवार बनेका छन् । प्रदेश ७ अन्तर्गत बझाङ क मा वाम गठबन्धनबाट एमालेका अर्जुन थापा, ख मा माआवादीकी देवकी मल्ल र लोकतान्त्रिक गठबन्धनबाट क मा चन्द्रादेवी जोशी, ख मा नरेशबहादुर सिंह उम्मेदवार बनेका छन् । यस्तै बाजुरा क मा वाम गठबन्धनबाट एमालेका बलदेव रेग्मी, ख मा प्रकाश शाह र लोकतान्त्रिक गठबन्धनबाट जनक गिरी क मा र ख मा पदमबहादुर शाही उम्मेदवार बनेका छन् ।
बैतडी क मा वाम गठबन्धनबाट माओवादीका केशवहादुर भट्ट, ख मा एमालेका लीलाधर भट्ट र लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी क मा र ख मा राप्रपालाई समर्थन जनाइएको छ । यस्तै दार्चुला क मा बीरबहादुर ठगुन्नालाई वामगठबन्धनका तर्फबाट एमालेले अघि सारेको छ भने ख मा माओवादीले मानबहादुर धामी उम्मेदवार बनाएको छ । यस्तै दार्चुला क मा लोकतान्त्रिक गठबन्धनबाट क मा जगदिश पाल र ख मा मदन गिरी उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij