२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

युवतीको विषयमा झगडापछि गुरुङमाथि गोली हानिएको पेस्तोल बरामद

युवतीको विषयमा झगडापछि गुरुङमाथि गोली हानिएको पेस्तोल बरामद

काठमाडौं । आइतवार बिहान लैनचौरमा भएको गोली कान्डमा प्रयोग भएको एक थान पेस्तोल र दुई थान गोली प्रहरीले बरामद गरेको छ ।

पुर्व श्रमराज्य मन्त्री टेकबहादुर गुरुङका भतिजा असुन गुरुङले प्रयोग गर्दै आएको बा.५ च ९१७५ नम्बरको कारबाट उक्त हतियार बरामद गरेको प्रहरीले जनाएको छ ।

असुन गुरुङले आईतबार बिहान युवतीको विषयमा विवाद हुँदा गोर्खा धार्के गाउँपालिका–४ लाप्राकका २८ वर्षीय कल्याण गुरुङलाई काठमाडौं म्हेपीमा गोली हानेका थिए ।

गोली चलाउने गुरुङसहित ५ जनालाई प्रहरीले आईतबार नै पक्राउ गरेको थियो । गुरुङले यसअघि पनि ठमेलमा पर्यटक माथी गोली प्रहार गरी फरार रहेको प्रहरीले जनाएको छ । हतियारसहित पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij