२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

इंग्ल्यान्डविरुद्धको एसेस महिला क्रिकेटको पहिलो एक दिवसीय खेलमा अष्ट्रेलिया विजयी

इंग्ल्यान्डविरुद्धको एसेस महिला क्रिकेटको पहिलो एक दिवसीय खेलमा अष्ट्रेलिया विजयी

काठमाडौं । इंग्ल्यान्डविरुद्धको बहुचर्चित एसेस क्रिकेट शृंखलाको महिला संस्करणको पहिलो एक दिवसीय खेल अष्ट्रेलियाले जितेको छ ।

अष्ट्रेलियाको ब्रिसबेनमा आइतबार सम्पन्न खेलमा पाहुना टोली इंग्ल्यान्ड २ विकेटले पराजित भयो ।

खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित् ५० ओभरमा ९ विकेट गुमाएर २२८ रन बनाएको थियो । इंग्ल्यान्डका लागि लरेन विनफिल्डले सर्वाधिक ४८ रन जोडिन् ।

जवाफमा २२९ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले खेलमा ५ बल बाँकी छँदा ८ विकेट गुमाएर विजय लक्ष्य पार गर्‍यो । अष्ट्रेलियाको जितमा अलेक्स ब्ल्याकवेलको अविजित ६७ रन महत्वपूर्ण रह्यो ।

जितसँगै अष्ट्रेलियन महिला क्रिकेट टिमले शृंखलामा २ अंक जोडेको छ ।

एसेस क्रिकेटको महिला संस्करणमा एक दिवसीय र ट्वेन्टी–२० तर्फ विजयी हुने टोलीले २ अंक पाउनेछ भने टेस्टमा विजयी हुने टोलीले ४ अंक पाउनेछ ।

सबै खेल सकिएपछि सबैभन्दा बढी अंक जोड्ने टोलीले एसेस शृंखलाको उपाधि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij