भैरहवा । थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिनधोर्नले लुम्बिनी भ्रमण गरेकी छन् ।
राजकुमारी सिरिनधोर्न शुक्रबार काठमाडौंबाट बुद्ध एअरको विमान चार्टर गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुदै लुम्बिनी आइपुगेकी हुन् ।
थाई एअरको विशेष विमानबाट शुक्रबारै बिहान उनी काठमाडौं आइपुगेकी थिइन् ।
भैरहवाबाट कडा सुरक्षाबीच लुम्बिनी पुगेकी राजकुमारीले थाई सरकारद्वारा निर्मित रोयल थाई बिहारमा पूजा–आराधना गरिन् । उक्त बिहारमा उनले आधा घन्टाभन्दा बढी पूजा गरेकी थिइन् ।
बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि आएकी थाई राजकुमारीले विश्व शान्ति दीपनजिक रहेको पर्यटक सूचना केन्द्रमा सन्चालित आँखा शिविरको अवलोकनसमेत गरिन् ।
उनले थाई सरकारको सहयोगमा निर्मित बेबी बुद्ध हुँदै मायादेवी मन्दिरमा पुगेर दर्शन पनि गरिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij