काठमाडौं । पेरिस सेन्ट–जर्मेन स्टार नेइमारले टिमका युवा खेलाडी केलियन एमबाप्पेलाई आफूले सकेसम्मको सहयोग गर्ने बताएका छन् ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजीले एन्डरलेच्डलाई ४–० ले हराएको थियो । यो जितमा सुन्दर फ्रि–किक गोल गरेका नेइमारले भने ‘एमबाप्पे राम्रो युवा खेलाडी हुन्, उनी उत्कृष्ट स्तरमा छन् । उनी उत्कृष्ट खेलाडी हुन् ।’
एमबाप्पेमा विश्व फुटबलमा ठूलो नाम बन्ने सम्भावना र क्षमता रहेको नेइमारको भनाई छ । उनले भने ‘म उनको ठूलो फ्यान हुँ । म उनलाई सकेसम्म सहयोग गर्न चाहन्छु । म उनलाई मेस्सीले मलाई गरे जस्तै सबै सहयोग गर्न चाहन्छु ।’
नेइमार विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट यहि सिजन पिएसजी गएका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij