२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हलमा ‘रुद्रप्रिया’ र ‘रानी’,कस्को होला पल्ला भारी ?

हलमा ‘रुद्रप्रिया’ र ‘रानी’,कस्को होला पल्ला भारी ?

काठमाडौं । सधै शुक्रबार कुर्ने नेपाली चलचित्र चार्ड पर्वमा भने जुनै दिन पनि रिलिजमा आउने गरेका छन् । यस्तैमा दिपावलीको अवसर पारेर आजबाट दुई नेपाली प्रदर्शन उत्रिएका छन् । चलचित्र हुन् –‘रुद्रप्रिया’ र ‘रानी’ । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘रुद्रप्रिया’ र ‘रानी’सँग हलमा बलिउड चलचित्र ‘सेक्रेट सुपरस्टार’ पनि प्रदर्शनमा आएके छ । अर्का बलिउड चलचित्र ‘गोलमाल अगेन’ भोलीबाट प्रदर्शनमा आउनेछ ।

‘रुद्रप्रिया’ : रेखा थापा र आर्यन सिग्देल अभिनित चलचित्र हो । सुदीप बबी भूपाल सिंहको निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहेको रुदप्रिया रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको हो भने, यसको प्रस्तुकर्ता रेखा थापा नै हुन् । चलचित्रमा रेखा र आर्यनका अलावा राजन इशान, टिका पहारी लगायतका कलाकार पनि देख्न सकिन्छ ।

‘रानी’” : पुराना निर्देशक दयाराम दाहालले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेम कथामा निर्मित यो चलचित्रमा अनुप विक्रम शाही, मलिना जोशी, मनिष सुन्दर श्रेष्ठ, शारुक ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रका निर्माता विमलमान गुभाजु हुन् । पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिसन बाँनियाको छायांकन रहेको ‘रानी’मा यम थापाको कथा, विजय घिमिरेको संगीत, बाबु थापा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij