काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो ।
ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो । उनले हिजो बुधबार मात्र १२ पन्ने स्पष्टीकरण सरकारलाई बुझाएका थिए ।
उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij