२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मोदीको कार्यकालमा भाजपा सबैभन्दा धनी पार्टी

मोदीको कार्यकालमा भाजपा सबैभन्दा धनी पार्टी


काठमाडौं । भारतका राजनीतिक दलहरु लागातार धनी हुँदै गएका छन् । ११ वर्षको अवधिमा सात सय प्रतिशतको वृद्धि दरले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा धनी पार्टी बनेको बीबीसीले उल्लेख गरेको छ ।

एसोसिएसन अफ डमोक्रेटिक रिफम्र्स (एडीआर) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्ला ११ वर्षमा राजनीतिक दलहरुको बचत राशी (रिजर्भ फण्ड) मा वृद्धि भएको छ । कूल सम्पतिमा सम्पूर्ण तिरोतारो पछि पार्टीसँग बचेको रकमलाई रिजर्भ फण्ड भनिन्छ ।

प्रतिवेदन अनुसार सन् २०१४–०१५ मा भाजपा सरकारमा आएपछि उसको वार्षिक आयमा वृद्धि हुन सुरु भएको हो । यसअघिसम्म कांग्रेस धनी पार्टीहरुको शिर्ष स्थानमा थियो । भाजपाले सन् २०१५–०१६ मा पार्टीको कुल सम्पति ८९४ करोड बताएको छ । जसमा उसले २४ करोड तिर्नुपर्ने रकम देखाएको छ । जस अनुसार भाजपासँग ८६८ करोड रुपैयाँ रिजर्भ फण्ड छ ।

यस्तै कांग्रेसको कुल सम्पति ७५८ करोड रुपैयाँ रहेको छ । तर ३२९ करोड रुपैयाँ तिर्नुपर्ने देखाएको कांग्रेस रिजर्भ फण्डमा सत्तारुढ भाजपाभन्दा पछाडि देखिएको छ । तेस्रो धनी दलका रुपमा देखिएको माक्र्सवादी कम्युनिष्ट पार्टीको रिजर्भ फण्ड ४३२ करोड बताइएको छ ।

भारतका सम्पूर्ण दलले सार्वजनिक गरेको सम्पत्तिमध्ये ५९ प्रतिशतलाई अन्य सम्पतिका रुपमा देखाइएको छ । जुन सम्पत्तिका बारेमा पार्टीहरु बाध्य हुँदैनन्, त्यसलाई अन्य सम्पति भनिन्छ ।

एडीआरका नेशनल कोर्डिनेटर अनिल वर्माले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘‘सरसर्ती हेर्दा दलहरुको कुल सम्पत्तिमा खासै वृद्धि भएको देखिँदैन । अन्य सम्पति एक सय आठ करोडबाट १६ सय पाँच करोड भएको छ । दलहरुले बुझाउने कुल सम्पतिको प्रतिवेदनमा अन्य सम्पति किन तलमाथि पारिएको हुन्छ यसबारेमा बिस्तृत जानकारी हुन जरुरी छ ।’’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij