एजेन्सी । रुसमा हुने सन् २०१८ को फिफा विश्वकप फुटबलको युरोपियन क्षेत्रको प्ले अफको ड्र सार्वजनिक भएको छ । स्विजरल्याण्डको ज्युरीचमा मंगलबार प्ले अफमा पुगेका ८ टिम बीचको प्ले अफ ड्र सार्वजनिक गरिएको हो ।
मंगलबार सार्वजनिक गरिएको ड्र अनुसार इटालीले स्विडेनको सामना गर्ने भएको छ । यस्तै क्रोएसियाले ग्रिसको सामना गर्दा नर्दन आयरल्यान्डले स्विजरल्याण्डसंग प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै डेनमार्कले आयरल्यान्ड गणतन्त्रसंग खेल्ने छ ।
दुई लेगमा हुने प्लेअफमा जित निकाल्ने ४ टोलीले विश्वकपमा स्थान बनाउने छन् । होम र अवेका आधारमा हुने खेलको पहिलो लेग आगामी नोभेम्बर ९ र दोस्रो लेग १४ नोभेम्बरमा हुनेछ । युरोपमा अहिलेसम्म १० टोलीले विश्वकपमा स्थान बनाईसकेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij