काठमाडौं । अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले सन २०१७ मा घुम्नै पर्ने ठाउँमा नेपालको लाङटाङलाई पनि राखेको छ । सो पत्रिकाले सन २०१७ मा घुम्नुपर्ने ठाउँको ५२ ओटा सूची सार्वजनिक गर्दै लाङटाङलाई ४३ नम्बरमा राखेको हो ।
टुट्न लागेको एउटा शहरको पुनरागमन भन्दै लाङटाङबारे न्यूयोर्क टाइम्सले भनेको छ, पर्यटनलाई पुनर्जीवित गर्ने प्रयासमा पर्यटकहरुका लागि १५ दिनको तामाङ हेरिटेज ट्रेलको अफर छ, जसमा उच्च हिमाली भूभाग, हरियो घासे मैदान, पुरानो गाउँ र बिहारहरु हेर्न सक्नेछन्, लाङटाङ राष्ट्रिय निकुञ्जमा खोलिएको तामाङ हेरिटेज पदमार्गबाट जाँदा तामाङहरु जो पहिला तिब्बती घोडा व्यापारी थिए, उनीहरुसँग भेट हुन्छ ।
न्यूयोर्क टाइम्सको सूचीको पहिलो नम्बरमा क्यानडा, दोस्रोमा चिलीको अटाकामा मरुभूमि र तेस्रो नम्बरमा भारतको आग्रा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij