२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चेल्सीको कीर्तिमानी विजयी यात्रामा पूर्णविराम, टोटनह्याम हट्सपरसँग पराजित

चेल्सीको कीर्तिमानी विजयी यात्रामा पूर्णविराम, टोटनह्याम हट्सपरसँग पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको कीर्तिमानी विजयी यात्रामा पूर्णविराम लागेको छ ।

लिगअन्तर्गत गएराती भएको खेलमा टोटनह्याम हट्सपरसँग २–० ले पराजित भएपछि चेल्सीको १३ खेलसम्म जारी विजयी लय रोकिएको हो ।

गएराती भएको खेलमा टोटनह्यामहलाई विजयी गराउन डेले अलीले दुई गोल गरेका हुन् । यसअघि लगातार १३ खेल जित्दै एकै सिजनमा लगातार १३ जितको कीर्तिमान बनाएको चेल्सी १४ औं जितको समग्र कीर्तिमानभन्दा एक कदम टाढा रह्यो । प्रिमियर लिगमा दुई सिजनमा गरेर सर्वाधिक १४ खेल लगातार जित्ने कीर्तिमान आर्सनलको नाममा रहेको छ ।

चेल्सीले उक्त कीर्तिमान भने तोड्न सकेन ।

गएरातिको हारको बाबजुद चेल्सी अंक तालिकामा भने शीर्ष स्थानमा रहेको छ । लिगमा २० खेलबाट चेल्सीको ४९ अंक छ । समान खेलबाट ४४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने ४२ अंकको साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij