
काठमाडौं । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि। ले सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित जनकपुरमा नयाँ थ्री एस सेन्टर उद्घाटन गरेको छ ।
जनकपुर र वरपरका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडीको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको हुण्डाइले जनाएको छ ।
थ्री एस सेन्टरको उद्घाटन ओम अटोमोवाइल्सका अध्यक्ष वैधनाथ साह तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि। का डेपुटी जीएम रूपेस शर्मा भट्टले संयुक्त रुपमा गरेका थिए ।
जनकपुरको मुख्य स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्री एस सेन्टरको सोेरुममा ५ देखि ७ वटासम्म गाडी डिस्प्ले गरिने जनाइएको छ । यसको उत्कृष्ट सर्भिस सेन्टरमा प्रतिमहिना ३ सय वटा सम्म गाडीलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था पनि रहेको छ ।
लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि। ले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, जनकपुर, बिराटनगर, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १४ वटा डिलरसिप स्थापना गरिसकेको जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij