२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

‘कुटुमा कुटु…’ ले तोड्यो सबै रेकर्ड, बन्यो सर्वाधिक हेरिएको गीत

‘कुटुमा कुटु…’ ले तोड्यो सबै रेकर्ड, बन्यो सर्वाधिक हेरिएको गीत


काठमाडौं । ‘कुटुमा कुटु…’ ले नेपाली सांगीतिक उद्योगमा नयाँ रेकर्ड बनाएको छ । युट्युब च्यानलमा सर्वाधिक हेरिएको गीतको रेकर्ड बनाएको ‘कुटुमा कुटु…’ तीन करोड भन्दा धेरै पटक हेरिएको छ ।

राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा राजनराज, मेलिना राई र राजन इशानको स्वर छ । गीतको कोरियोग्राफर कविराज गहतराज हुन् ।

असिम शाहको निर्देशनमा बनेको चलचित्रको गीतमा असिफ शाह, निश्चल बस्नेत, स्वस्तिमा खड्का, बुद्धी तामाङ फिचर छन् ।

चलचित्र ‘२ रुपैयाँ’ मा समावेश गीत जेठ १४ गते युट्युबमा रिलिज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij