२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

शपथ ग्रहणबारे राष्ट्रपति र प्रधानमन्त्री कार्यालय दुबै बेखबर

शपथ ग्रहणबारे राष्ट्रपति र प्रधानमन्त्री कार्यालय दुबै बेखबर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि चयनको गरेको मन्त्रीको शपथ ग्रहण गराउने समय अझै टुगों लागेको छैन ।

शपथग्रहणको बारेमा न राष्ट्रपति कार्यालयमा कुनै तयारी छ न प्रधानमन्त्री कार्यालयमा ।

राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित राप्रपाकै अन्य मन्त्री थपेर मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा देउवा हिजैदेखि थिए । तर, अहिलेसम्म पनि अन्योलता कायमै रहेको छ ।

राष्ट्रपति विद्या देवी भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले शपथग्रहण वा प्रधानन्त्रीसँगको भेटघाटलगायत कुनै पनि कार्यक्रम आजको कार्यतालिकामा नरहेको जानकारी गराए ।

‘शपथग्रहण वा प्रधानमन्त्रीसँग कुनै भेटघाट भए सञ्चारकर्मीलाई जानकारी जान्छ,’ उनले भने ।

त्यस्तै, प्रधानमन्त्री कार्यालयले पनि शपथग्रहणको कार्यक्रम तह भइनसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij