२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

गैर आवासीय नेपाली संघको आठौं महाधिवेशन आजदेखि काठमाडौंमा

गैर आवासीय नेपाली संघको आठौं महाधिवेशन आजदेखि काठमाडौंमा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) को आठौं महाधिवेशन तथा विश्व सम्मेलन शनिबार काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि ‘एनआरएनको रुपान्तरणः हाम्रा महिला हाम्रा युवा र दोश्रो पुस्ता’ भन्ने नारा तय गरिएको छ । सम्मेलनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्षका लागि भवन भट्ट, जमुना घले र टिबी कार्कीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । चारदिनसम्म चल्ने महाधिवेशनमा संघको भिजन २०२०, भूकम्प पछिको पुनर्निर्माण, गैरआवासय नेपालीको लगानी लगायत विषयमा छलफल हुनेछ ।

नयाँ नेतृत्वका लागि भने सोमबार मतदान गर्ने कार्यक्रम रहेको गैरआवासय नेपाली संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij