२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सामसुङ प्रमुखद्वारा राजीनामा, ‘युवापुस्तालाई अवसर दिइने’

सामसुङ प्रमुखद्वारा राजीनामा, ‘युवापुस्तालाई अवसर दिइने’

सोल । विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजीनामा दिएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफुले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिनका लागि आफुले पद त्याग गरेको बताएका छन् ।

पदत्याग गर्नेबारे आफुले केही समयअघिदेखि नै सोचिरहेको र अहिलेमात्रै कार्यान्वयनको चरणमा पुगेको उनको भनाइ छ ।

उनले कार्यकारी प्रमुखको जिम्मेवारी छोडेपछि कम्पनीको बोर्ड सदस्यमा भने सन् २०१८ सम्म रहिरहने कम्पनीले जनाएको छ ।

दक्षिण कोरियामा सामसुङ कम्पनीसँग सम्वन्धित झन्डै ६० ओटा कम्पनीहरु रहेकाले देशको ठूलो व्यापारिक समूहमा पर्दछ ।

सामसुङ कम्पनीमा दक्ष कर्मचारीहरू एकपछि अर्को गरी पर्याप्त भएकाले उनको बहिर्गमनले कम्पनीको व्यापारमा खासै असर नपर्ने कम्पनीका उच्च अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij