२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हङकङको तेस्रो विकेट पतन, सन्दिपले लिए विकेट

हङकङको तेस्रो विकेट पतन, सन्दिपले लिए विकेट

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको खेलमा नेपालले हङकङको तेस्रो विकेट पतन गराएको छ ।

हङकङस्थित मिसन रोड ग्राउण्डमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले घरेलु टोलीको तेस्रो विकेटको रुपमा निजाकट खानलाई १२ रनमा आउट गराएको हो । खानलाई बलर सन्दिप लामिछानेले आउट गराएका हुन् ।

यसअघि हङकङका कप्तान बाबर हायतलाई कप्तान पारस खड्काको बलमा दिपेन्द्र सिंह एरीले बाबरलाई २९ रनमा रन आउट गराएका थिए । त्यस्तै नेपालका करण केसीले चौथो ओभरेको चौथो बलमा घरेलु टोलीका अन्सुमान रथलाई आउट गरेका थिए ।

हङकङले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ७१ रन बनाएर खेलिरहेको छ ।

सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि पनि नेपाललाई च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । त्यसैले नेपालको लागि हङकङसँगको खेल निकै महत्वपूर्ण रहेको छ । आजको खेलमा नेपाल ‘गर या मर’ को स्थितिमा रहेको छ । छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ ।

यता, नेपालसँगको खेल हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । हङकङ पनि अन्तिम चारमा स्थान बनाउन संघर्षरत छ । नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं राउण्डमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।
अंक तालिकामा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई हुँदै चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट ११ अंक रहेको छ ।
तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । तेस्रो स्थानमा स्कटल्याण्ड र चौथो स्थानमा केन्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij