२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङको दोस्रो विकेट गयो

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङको दोस्रो विकेट गयो

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले राम्रो सुरुवात गरेको छ ।

नेपालका लागि दिपेन्द्र सि‌ह एेरीले हङकङका भरपर्दा ब्याट्सम्यान बबर हायातलाई रनआउट गर्दै दोस्रो विकेट दिलाएका छन् । उनले हङकङका भरपर्दा ब्याट्सम्यान बबर हायातलाई २९ रनमै पेभेलियन फर्काइदिएका छन् । १२ ओभरको समाप्तीमा हङकङले २ विकेट गुमाउँदै ४१ रन बनाएको छ ।

टस जितेर पहिला बलिङ गरेको नेपालले हङकङले रनको खाता नखोल्दै विकेट लिएको थियो । करण केसीले चौथो ओभरेको चौथो बलमा हङकङका ओपनर अन्सुमान रथलाई आउट गरेका थिए ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । नेपालले अर्को खेल आइतबाबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij