काठमाडौं । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले सिमित ओभरको क्रिकेट कप्तानबाट राजिनामा दिएका छन्।
धोनीले बिसीसीआईलाई वान डे र टी २० फर्म्याटको कप्तानी पदबाट पछि हट्ने जानकारी गराएका छन्। धोनीले भारतका लागि १९९ वान डे र ७२ टी २० मा कप्तानी गरेका थिए।
३५ वर्षे धोनीले सन् २००४ मा बंगलादेश विरुद्ध डेब्यु गरेयता भारतका लागि २८३ वान डे र ३२ टी २० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।
कप्तानबाट राजिनामा दिएपनि यही जनवरीमा इंगलयाण्ड विरुद्ध हुने वान डे र टी २० क्रिकेटका लागि भने धोनी उपलब्ध हुनेछन्।
धोनीले कप्तानी पद छाडेसँगै बिसीसीआईका सिइओ राहुल जोहरीले भने, ‘सबै भारतिय क्रिकेट फ्यान र बिसीसीआईको तर्फबाट म एमएस धोनीलाई उनले सबै फर्म्याटमा आफ्नो कप्तानीबाट दिएको उत्कृष्ट योगदानको लागि धनयवाद दिन चाहन्छु ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij