२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

उत्तर कोरियाली खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

उत्तर कोरियाली खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

एजेन्सी । अस्ट्रेलियाले मंगलबार उत्तर कोरियाको युवा फुटबाल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

उत्तर कोरियालीले विश्वभरबाट आएको विरोधका बावजुत आणविक कार्यक्रमलाई निरन्तर दिएको र त्यको विरोधस्वरुप प्योङयाङको टोलिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

सरकारले यु—१९ एएफसी च्याम्पियनसिप क्वालिफायरका लागि अस्ट्रेलिया आउने तयारीमा भएको उत्तर कारियाली टोलिलाई यहाँ प्रवेश गर्न रोक लगाईएको छ, अस्ट्रेलियाली विदेशमन्त्री जुली विसफे भनिन्, विश्वव्यापी विोधका बावजुद प्योङायङले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै मिसाईलसमेत परीक्षण गर्दै आएको छ । त्यसको विरोधस्वरुप हामी उनीहरुको युवा टोलिलाई रोक्न बाध्य भएका हौं ।

उत्तर कोरिायली यु—१९ टाली एएफसी च्याम्सियनसीप क्वालिफयारका लागि अर्को महिना अस्ट्रेलिया आउने कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij