काठमाडौं । विश्वकप छनोट अन्तर्गत सोमबार कोसोभोलाई २-० ले पराजित गर्दै आइसल्यान्ड पहिलो पटक विश्वकपमा छनोट भएको छ । गिल्फी सिगर्डसन र आरोन गुडमुनसनको गोलमा पाहुना टोली अाइसल्यान्डले जित दर्ता गर्यो । लगभग ३ लाख ३० हजार जनसङ्ख्या भएको अाइसल्यान्ड विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो । अान्द्रे क्रामारिचको दुई गोलमा क्रोएसियाले युक्रेनलाई २-० ले हराउँदै प्लेअफ स्थानमा पुग्यो ।
सर्बिया पनि सोमबार जितका साथ विश्वकपमा छनोट भयो । एलेक्जेन्डर प्रिजोभिचको ७४ मिनेटको गोलसँगै सर्बियाले जर्जियालाई १-० ले हरायो । यता अायरल्यान्डले वेल्सलाई १-० ले हराउँदै समूहमा दोस्रो स्थान कब्जा गर्यो ।
विश्वकपमा छनोट भइसकेको स्पेनले इजरायलमाथि १-० को जित निकाल्यो । आसिअार इलारामेन्डिले खेलको एकमात्र गोल गरे । एन्टोनियो क्यान्ड्रेभाको गोलमा इटालीले अल्बानियालाई १-० ले हरायो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij