बनियानी । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई प्रगतिको बाटामा लैजान बाम एकता गरिएको बताएका छन् ।
बिर्तामोडमा आज पे्रस चौतारी झापाले आयोजना गरेको साक्षात्कारमा वरिष्ठ नेता खनालले दलहरू विभाजित हुँदा मुलुकको विकासमा असर परेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, “वाम एकता रुपान्तरणको शुरुआत हो ।” वाम गठबन्धन अन्य दलका लागि समेत प्रेरणा भएकाले राजनीतिक एकता जरुरी भएको उनको भनाइ छ । रासस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij