अर्घाखाँची। जिल्लाकाे डाँडाकटेरीबाट बुटवलतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । लु १ ख ७५१८ नम्बरको बस मालारानी गाउँपालिका–३ सावडाँडामा सडकबाट २ सय मिटर तल खस्दा २ जनाको ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् । दुर्घटना बिहान ८ः३० बजे भएको हो ।
दुर्घटनाको खबर पाएलगत्तै इन्स्पेक्टर रञ्जनबहादुर स्वाँर नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थलमा खटिएका प्रहरी अधिकारीसँग सम्पर्क हुन नसकेकाले दुर्घटनाको विवरण आउन ढिलाइ भएको हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij