२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

चित्रबहादुरले भनेः कांग्रेससँग चुनावी तालेमल गर्छौं

चित्रबहादुरले भनेः कांग्रेससँग चुनावी तालेमल गर्छौं

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी चुनावमा वाम गठवन्धनसँग मात्र नभई कांग्रेससँग पनि तालमेल गर्ने बताएका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको वाम गठवन्धनसँग राष्ट्रिय जनमोर्चासँग एकता हुन नसक्ने उनको दाबी छ ।

राजधानीमा आयोजित कार्यक्रममा केसीले तीन दलबीच भएको सहमतिलाई आफूले नौलो विषयको रुपमा नलिएको बताए । उनले भने, ‘तीन पार्टीवीच एकता प्रयास हुँदैमा किन यस्तो खैलाबैला र रुवानी ?

एमाले, माओवादी र नयाँ शक्तिको एउटै पहिरन, एउटै भान्छा भएको भन्दै उनले अघि भने, ‘माओवादीले जसरी एमाले नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्यायो, त्यो अचम्म थियो, यो त सामान्य नै हो ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले आगामी चुनावमा वाम गठबन्धनसँगै मात्रै नभई कांग्रेससँग पनि तालमेल हुने बताए । उनले भने, ‘स्थानीय चुनावमा हामीले धेरै ठाउँमा कांग्रेससँग तालमेल गरेका थियौं, फेरि पनि गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij