काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । मेयरमा कांग्रेसका उमेदवार राजेश राय यादव १० हजार ९०३ मत ल्याएर विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै रहिमा खातुन १० हजार ५३८ मत ल्याएर विजयी भइन् । योसहित कांग्रेसले २ नम्बर प्रदेशमा ४० तह जितेकाे छ ।
मेयरका निकटतम प्रतिस्पर्धी एमालेका विनोद साहले १० हजार ७१६ मत ल्याए भने उपमेयरका निकटतम प्रतिस्पर्धी एमालेकै प्रतिमा यादवले १० हजार ३७२ मत ल्याएकी छन् ।
कलैयामा कांग्रेस, एमाले र संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा थियो । संघीय समाजवादी फोरम नेपालबाट मेयरमा प्रमोद प्रसाद गुप्ता र उपमेयरमा लक्ष्मीदेवी पटेल उम्मेदवार थिए ।
गएको सोमबार भएको प्रदेश नम्बर २ का १३६ स्थानीय तहको निर्वाचन अन्तर्गत अब राजविराज नगरपालिका र वीरगन्ज महानगरपालिकाको मात्र परिणाम आउन बाँकी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij