२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विजया दशमीमा निर्मल निवासको ढोका बन्द, शितल निवासको ढोका अपराह्न ३ बजेदेखि खुल्ने

विजया दशमीमा निर्मल निवासको ढोका बन्द, शितल निवासको ढोका अपराह्न ३ बजेदेखि खुल्ने

काठमाडौँ । यो वर्षको विजया दशमीमा निर्मल निवासको ढोका बन्द भए पनि शितल निवासको ढोका अपराह्न ३ बजेदेखि खुल्ने भएको छ।

देशको परिस्थिति र स्वास्थ्यका कारण भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा टीका नलगाइदिने भएका हुन्। तर राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट तथा सर्वसाधारणलाई टीका लगाइ दिनेछन्।

आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न २ बजेदेखि ३ बजेसम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपराह्न ३ बजेदेखि साँझसम्म टीका लगाइने कार्यक्रम रहेको जनाएको छ।

कार्यालयका अनुसार सो दिन शीतलनिवासको गेट नं. १ को ढोका खुला रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij