२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राहुल गान्धीसँग देखिएकी को हुन् यी महिला ?

राहुल गान्धीसँग देखिएकी को हुन् यी महिला ?


काठमाडौं । राहुल गान्धी विदेश भ्रमणका बेला भारतीय सञ्चारमाध्यमको नजर उनीमाथि छाएको हुन्छ । यस पटक त उनले विदेशमा गरेको भाषण भारतमा अत्यन्तै चर्चाको विषय बनेको छ ।

उनी यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आक्रामक देखिएका छन् । सामाजिक सञ्जालमा उनी आफ्ना तस्विरहरु पोष्ट गरिरहेका छन् भने उनका साथी नेताहरु पनि उनलाई साथ दिइरहेका छन् ।

तर उनको अमेरिका भ्रमणमा एक तस्बिर निकै चर्चाको विषय बनेको छ । जुन तस्बिर न त राहुलले पोष्ट गरेका हुन् न उनका नेता साथीहरुले । उक्त तस्बिरलाई एक महिलाले इन्स्टाग्राम र ट्वीटरमा पोष्ट गरेकी हुन् । तस्बिरमा राहुल गन्धी र महिला मुस्कुराउँदै गरेको देखिन्छ । तस्बिर पोष्ट गर्ने महिलाको नाम नतालिया रामोस हो । उनले ट्वीटर ह्याण्डलमा तस्बिर पोष्ट गर्दै लेखेकी छन्, ‘‘पछिल्लो रात कुशल वक्ता र जानकार राहुल गान्धीका साथ ।’’

नतालियाले इन्स्टाग्राममा पनि यही तस्बिर राख्दै लेखेकी छन्, ‘‘पछिल्लो रात कुलश वक्ता र जानकार राहुल गान्धीका साथ । विश्वका अलग–अलग क्षेत्रबाट आएका उत्कृष्ट सोच भएका व्यक्तिसँग भेटेर म धेरै खुशी भएकी छु ।’’ उनले अगाडि लेखेकी छन्, ‘‘खुला दिमाग अनि खुला दिलबाट हामी यो संसारलाई अझै उत्कृष्ट बनाउन सक्छौं । मेरो सोच परिवर्तन गरेकोमा धन्यवाद ।’’

सामाजिक सञ्जालमा यो तस्बिर भाइरल भइरहेको छ । जनतामा यी महिला को हुन् भन्ने कौतूहल बढ्दै गएको छ । नतालियाको पूरा नाम नतालिया नोरा रामोस कोहेन हो । उनी स्पेनिस–अष्ट्रेलियाली अभिनेत्री हुन् । उनीसँग अमेरिकाको पनि नागरिकता रहेको छ । २००७ मा फिल्म ‘‘यास्मिन’’ र २०१३ मा ‘‘दल डेम्ड’’ मा उनको उत्कृष्ट अभिनय रहेको थियो । अष्ट्रलियाली आमा र स्पेनिस पप गायक जुआन कार्लोस रामोस वकेरोकी पुत्रीको रुपमा १९९२ मा स्पेनको म्याड्रिड सहरमा उनको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij