२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

५ स्थान जित्दै एमालेलाई उछिन्यो माओवादीले

५ स्थान जित्दै एमालेलाई उछिन्यो माओवादीले


काठमाडौं । २ नम्बर प्रदेशमा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेलाई माओवादी केन्द्रले पछि पारेको छ ।

बिहीबार दिउँसो ३:४५ बजेको अपडेटअनुसार सवैभन्दा अगाडी कांग्रेस ८ स्थान र दोस्रोमा माओवादी केन्द्रले ५ स्थान ल्याउन सफल भएको छ । ४ स्थान जितेको एमाले तेस्रो बनेको छ ।

अहिलेसम्म कांग्रेसले धनुषाका २, सप्तरीका २, सिराहामा २ र बारा रौतहटमा एकएक स्थान जितेको छ ।

त्यस्तै माओवादी केन्द्रले सिराहा ३ र पर्सा र रौतहटमा एकएक सथान जितेको छ । एमालेले भने धनुषाका २ सथान तथा पर्सा र सप्तरीमा एकएक स्थान जितेको छ । त्यस्तै राजपा ३, संघीय समाजवादी फोरम २ र फोरम लोकतान्त्रिकले २ स्थानमा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij