२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हाम्रो पात्रोको नयाँ एप्लिकेसन ‘Hamro Cards’ सार्वजनिक

हाम्रो पात्रोको नयाँ एप्लिकेसन ‘Hamro Cards’ सार्वजनिक


काठमाडौं । लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडको यो विशेष क्षण पारेर पारीवारीक तथा मित्रवत् जमघटमा अत्यन्तै लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्रेक (Call Break – Spades) तथा जुटपत्ति (Jutpatti) समेटिएको नयाँ एप्लिकेशन JutPatti & CallBreak – Hamro Cards प्ले स्टोरबाट सार्वजनिक गरेको छ । यो लिंक https://goo.gl/w1s2G2 मार्फत् तत्काल डाउनलोड गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।

हरेक उमेर समुहका नेपालीका लागि कल ब्रेक तथा जुटपत्ति एउटा परिचित अनि रोमाञ्चक तासको खेल मानिन्छ ।

यसमा पनि कल ब्रेक खेल्न साथीलाई पर्खिरहुनपर्ने बाध्यता छैन, अनलाईन अथवा अफलार्इन जुनसुकै माध्यमबाट आफ्ना साथी या आफ्ना इष्टमित्रहरूसंग सङ्गै एउटै नेटवर्कमा (Multi Player – मल्टि प्लेयर) बसी असिमित यो खेलको मज्जा लिन सकिने हाम्रो पात्रोले जनाएको छ ।

अत्यन्त सरल खेल जुटपत्ति पनि उत्तिकै सरलताकासाथ एप्लिकेशनबाट खेल्न सकिने हाम्रो पात्रोका तर्फबाट सन्तोष कुमार देवकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij