
काठमाडौँ । विभिन्न १० बैंक तथा वित्तीय संस्थाले भिसा कार्डबाट सामान खरिद गर्दा १० प्रतिशत नगद फिर्ताको योजना सार्वजनिक गरेका छन् ।
नेपालीहरूको महान चाडपर्वहरूलाई लक्षित गरी नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका बैंकहरूले संयुक्त रूपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरूलाई एटीएमबाट पैसा मात्र नझिकी सिधै बिक्री केन्द्रहरूमा कार्डबाट भुक्तानी गर्ने बानीको विकास गराउने उद्देश्यले १० प्रतिशत नगद फिर्ता योजनाको घोषणा गरेका हुन् ।
यस योजनाअन्तर्गत भिसा कार्डबाहकहरूले आफ्नो आन्तरिक भिसा डेविट वा क्रेडिट कार्ड नेपालभित्रका विभिन्न रेस्टुराँ तथा बिक्री केन्द्रहरूबाट सर–सामान खरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० प्रतिशत नगद आ–आफ्नो खातामा फिर्ता पाउनेछन् ।
साथै यस योजनाबाट लाभान्वित हुन कार्डबाट कारोबार गर्दा एकपटकमा कम्तीमा ५ सय रुपैयाँसम्मको सामान खरिद गर्नुपर्ने हुन्छ भने कार्डबाहकले प्रत्येक दिन एक हजार रुपैयाँसम्म मात्र नगद फिर्ता पाउनेछन् ।
यस योजनाबाट सेन्चुरी बंैक लिमिटेड, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरू लावान्वित हुन सक्ने जनाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij