काठमाडौं । वर्तमान सरकारका तीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र कृष्णबहादुर महरामध्ये श्रेष्ठ सबैभन्दा बढी धनी हुनुहुन्छ ।
शिक्षामन्त्रीसमेत रहेका गोपालमान श्रेष्ठसँग करोडौंको चल अचल सम्पत्ति छ । उहाँले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा स्याङ्जा, पोखरा, भैरहवा, ललितपुर, काठमाडौं र विराटनगरमा घरजग्गा रहेको उल्लेख छ । उहाँसँग ५० तोला सुन र ११० तोला चाँदी रहेको छ ।
उहाँको सम्पत्ति विवरण विस्तृतमा हेर्नुहोस् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij