२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चेल्सी र आर्सनल लिग कप फुटबलको चौंथो चरणमा

चेल्सी र आर्सनल लिग कप फुटबलको चौंथो चरणमा


काठमाडौं । चेल्सी र आर्सनल इंग्लिश फुटबल लिग कप (कारबाओ कप) फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । लिग कप अन्तर्गत बुधबार राती भएको तेस्रो चरणमा चेल्सीले नटिङघम फोरेस्ट र आर्सनलले डोनकास्टर रोभर्सलाई पराजित गर्दा चौथो चरणमा स्थान बनाएका हुन् ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले नटिङघम फोरेस्टमाथी ५ – १ को जित निकाल्यो । चेल्सीको जितमा मिसी बात्सुयाईले ह्याट्रिक गरे । त्यस्तै केनेडी र चार्ली मुसोन्डाले समान एक एक गोल गरे । नटिङघम फोरेस्टका टेण्डी दारीक्वाले एक गोल फर्काए ।

अब चेल्सीले अन्तिम १६ मा एभर्टनको सामना गर्ने छ । बुधबार रति नै एभर्टनले सन्डरल्याण्डलाई ३ – ० ले पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरिसकेको छ ।

यस्तै घरेलु मैदानमा भएको आर्सनलले डोनकास्टर रोभर्सलाई १ – ० को झिनो अन्तरले जित निकाल्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनायो । आर्सनलको जितमा थियो वाल्कोटले २५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । आर्सनलले अब अन्तिम १६ मा नर्विचको समान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij