२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

डाक्टर गोविन्द केसीले गरे १२ औं पटक अनसन बस्ने घोषणा

डाक्टर गोविन्द केसीले गरे १२ औं पटक अनसन बस्ने घोषणा

माग पूरा नभए असोज २० गतेदेखि अनसन


काठमाडौं । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा पारदर्शिताको माग गर्दै आउनुभएका डाक्टर गोविन्द केसीले यही असोज २० गतेदेखि १२ औं पटक अनसन बस्ने घोषणा गर्नुभएको छ ।

माफियामुखी चिकित्सा शिक्षा ऐन पारित गर्ने साँठगाँठ भइरहेको भन्दै डाक्टर केसीले अनसनसहित संघर्षका कार्यक्रम घोषणा गर्नुभएको हो । ११ औं पटक अनसन बसिरहेका बेला तराईमा बाढीले नोक्सानी पुर्‍याएपछि डा. केसी अनसन स्थगित गरी बाढी प्रभावित क्षेत्रमा प्रभावितलाई उपचार गर्न जानुभएको थियो ।

डाक्टर केसीले यसपटक माथेमा प्रतिवेदन तथा डाक्टर केसीका सुझाव अनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, मेडिकल माफियासितको मिलेमतोमा एमबिबिएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने, बर्खास्त गरिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि छानविन र कारवाही गरिनुपर्ने लगायत चार बुँदे माग अघि सार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij