
काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको छ ।
राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजबिराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।
अहिलेसम्म भएको मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसले १९ वटा तहमा अग्रता कायम राखेको छ भने दोस्रोमा एमाले रहेको छ । एमालेले ९ तहमा अग्रता कायमै राखेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij