
काठमाडौं । उत्तर कोरियाले प्रतिबन्धले आफ्नो देशलाई केही फरक नपर्ने बरु परमाणु कार्यक्रमलाई तीव्रता दिने चेतावनी दिएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले राष्ट्रसंघले लगाएको प्रतिबन्धको कडा शब्दमा निन्दा गरेको बीबीसीले जनाएको छ ।
यही बीचमा अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेका छन् । उत्तर कोरियाले यही शुक्रबार जापानमाथि अर्को मिसाइल प्रहार गरेको थियो । त्यसपछि राष्ट्रसंघले उत्तर कोरियालाई प्रतिबन्ध लगाएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij