२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्राधिकरणका तीन सञ्चालकलाई निरन्तरता नदिने आदेश

प्राधिकरणका तीन सञ्चालकलाई निरन्तरता नदिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले आज अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

प्राधिकरणमा निर्देशक कुलमान घिसिङ नियुक्त भएपछि असहयोग गरेको भन्दै सञ्चालक सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई यही पुस ३ गते बर्खास्त गरिएको थियो । बर्खास्त गरिएका तीन सञ्चालकले पुस १३ गते आफूहरूको बर्खास्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुस १३ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले आज सो अल्पकालीन अन्तरिम आदेशलाई खारेज गपछि मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म सदस्यत्रय पदमुक्त हुनेछन् ।

चन्द्रप्रसाद काफ्ले, दीपक शर्मा, तुलसी बस्नेत र किशोर थापाका शब्द, संगीत रहेको मनमा बसन्ताको पहिलो एल्बम हो। ‘अरु कलेक्सन एल्बममा गीत गाए पनि मनमा मेरो पहिलो एकल एल्बम हो’ –उनले भनिन्।

लगातार १० वर्षदेखि गीत संगीत सिक्दै आएर अहिले अलिक परिपक्वताका साथ स्रोतामाझ आएको उनको दाबी छ। एल्बममा रहेको कति बस्छौ टाढा टाढा बोलको गीतको म्युजिक भिडियोले पनि यतिबेला युट्युबमा दर्शक⁄स्रोताको साथ पाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij