२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रदेश नम्बर २ को निर्वाचनमा सुरक्षा चुनौती छैन: प्रहरी

प्रदेश नम्बर २ को निर्वाचनमा सुरक्षा चुनौती छैन: प्रहरी


काठमाडौँ । नेपाल प्रहरीले असोज २ गतेका लागि तय भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ।
प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले सुरक्षा तयारी पूरा भएको बताए।

डिआइजी न्यौपानेले भने ‘अहिलेसम्म २ नम्बर प्रदेशमा कुनै पनि सुरक्षा चुनौती देखिएको छैन। भारतीय सीमा नाकालाई मेत मध्यनगर गर्दै सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएका छौँ।’

प्रदेश २ मा निर्वाचन सुरक्षाको लागि नेपाल प्रहरीको तर्फबाट २६ हजारभन्दा बढी प्रहरी परिचालन हुने उनले बताए। चुनावमा म्यादी प्रहरी परिचालन हुने छैनन्। पहिलो र दोस्रो चरणको निर्वाचनमा सरकारले ७५ हजार म्यादी प्रहरी परिचालन गरेको थियो।

सुरक्षाका दृष्टिले पहिलो र दोस्रो निर्वाचनको तुलानामा प्रदेश २ बढी संवेदनशील मानिएको छ। तराईमा सक्रिय भूमिगत समूह, सिके राउत, र विप्पल नेतृत्वको माओवादीलाई चुनौतीको रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij