२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मन्त्रिमण्डल विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन नभएको देउवाको दावी

मन्त्रिमण्डल विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन नभएको देउवाको दावी


विराटनगर । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारको काम कारवाहीमा अफ्ठ्यारो परेपछि मन्त्रिमण्डल विस्तार गरिएको जिकिर गरेका छन् ।

मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग सोधेर नै मन्त्रिमण्डल विस्तार गरिएको दावी पनि गरे ।

इतिहासमै जम्बो अर्थात् ५४ सदस्यीय मन्त्रिमण्डल बनाएपछि सर्वत्र आलोचित बनेका देउवाले आफ्नो कामको बचाउमा यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई सोधेरै मन्त्रिमण्डल विस्तार गरेको जिकिर गरे पनि आयोगले भने सरकारको यस कदमले आचारसंहिताको ठाडो उल्लंघन भएको भन्दै आलोचना गरिसकेको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार पुरानै सरकारकोे निरन्तरता भएकाले आचारसंहिता उल्लंघन भन्न नमिल्ने तर्क गरे ।

कांग्रेस सभापतिसमेत रहेका देउवाको कार्यशैलीका कारण हालै सम्पन्न स्थानीय तहको दुई चरणमा पार्टीले नराम्रो परिणाम ब्यहोरिसकेको छ । तैपनि देउवाले अहिले गरेको मन्त्रिमण्डल विस्तारले पार्टीको कार्यक्षमतामा असर नपर्ने र २ नम्बर प्रदेशको चुनावमा कांग्रेस पहिलो बन्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij