दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा पहिलो पटक विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्याल दार्चुलाको आयोजनामा आज “जीवन परिवर्तनका लागि एक मिनेट” भन्ने नारा ्सहित दार्चुलामा पहिलो पटक विश्व आत्महत्या दिवस मनाइएको हो ।
जिल्ला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विश्वमै अहिले आत्महत्याका घटना बढिरहेको धारणा राखे । गरिवी, अशिक्षा, बेरोजगारी, घरेलु हिंसा, मानसिक तनावका लगायत विविध कारणले आत्महत्याका घटना बढिरहेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका आपराधिक घटनाहरु मध्ये सबैभन्दा बढी आत्महत्याका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षमा दार्चुलामा ५२ वटा आत्महत्याका घटना दर्ता भएका छन् भने चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै ७ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक बर्ष २०७१/७२ मा १९, आर्थिक बर्ष २०७२/७३ मा २० र आर्थिक बर्ष २०७३/७४ मा १३ वटा आत्महत्याका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । त्यस्तै चालू आर्थिक बर्षको साउन महिनामा ६ जना तथा भाद्र महिनामा १ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij