२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

गुल्मीमा नेपाली काङग्रेसका निर्वाचित जनप्रतिनिधि ठुलो विस्फोटक पदार्थसहित प्रक्राउ

गुल्मीमा नेपाली काङग्रेसका निर्वाचित जनप्रतिनिधि ठुलो विस्फोटक पदार्थसहित प्रक्राउ

टोपलाल अर्याल, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले ठुलो परिणाममा बिस्फोटक पर्दाथ बरामद गरेको छ । नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य तारा श्रीसको साथवाट बिस्फोटक पदार्थ बरामद गरिएको छ ।

श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ प्रहरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

श्रीस लु ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले रेसुंगा नगरपालिका २ को प्रहरी चेकप्वाइन्टमा चेकजाँज गरेको थियो । बिस्फोटक पदार्थ र श्रीस प्रहरी नियन्त्रणमा छन् । साथै थप बिषयमा अनुसन्धान समेत शुरु भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij