२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एमालेले भन्यो–‘अदालतको आदेशले सीमांकन हेरफेर गर्न नहुने पुष्टि, प्रस्ताव फिर्ता लेऊ’

एमालेले भन्यो–‘अदालतको आदेशले सीमांकन हेरफेर गर्न नहुने पुष्टि, प्रस्ताव फिर्ता लेऊ’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीमांकनका विषयमा सर्वोच्च अदालतबाट जारी भएको आदेशलाई ‘सकारात्मक’ भएको ठहर गरेको छ ।

व्यवस्थापिका–संसद भवन नयाँबानेश्वरमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले ‘अदालतले सीमांकन हेरफेर गर्ने विषय प्रदेशसभाको अधिकार भएको पुष्टि गर्नु सकारात्मक रहेको’ भन्दै अब संशोधन प्रस्ताव फिर्ता लिन सत्तारुढ दलहरुलाई आग्रहसमेत गरेको छ ।

अदालतको आदेशले पनि अहिले सीमांकन हेरफेर गर्न नहुने पुष्टि गरेको एमालेको जिकिर छ ।

बैठकपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अदालतको आदेशपछि संशोधन प्रस्ताव फिर्ता लिन सरकारलाई सहज भएको भन्दै सहमतिमै अहिलेको समस्याको समाधान खोज्न सत्तारुढ दलहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij