
ईन्जिनियरिङ क्षेत्रमा लामो समय देखी काम गरिरहेका दक्ष तथा अनुभवी ईन्जिनियरहरु द्वारा विभिन्न सरकारी, गैह्र सरकरी तथा निजी आयोजनाहरुको लागि आवश्यक पर्ने टोपोग्राफिकल सर्भे तथा सम्पूर्ण फिल्ड इन्भेस्टिगेसन सम्बन्धी सम्पूर्ण सेवाहरु एकै स्थानबाट प्रदान गर्ने उद्देश्यका साथ इन्नोभेटिभ ईन्जिनियरिङ सर्भिसेज प्रा.लि. को स्थापना भएको छ।
यस कम्पनीको स्थापना सँगै आयोजनाको लागि आवश्यक पर्ने विभिन्न सेवाहरु लिनको लागि अन्य धेरै कम्पनीहरु चाहार्नुपर्ने झन्झटबाट छुट्कारा मिल्ने कम्पनीले बताएको छ।
कम्पनीले प्रदान गर्ने सेवाहरुमा हाइड्रोलोजिकल अध्ययन अन्तर्गत आयोजनाको लागि प्रयोग हुने खोलाको पानी नाप्ने, गेज राख्ने, खोलाको ब्याथोमेट्रिक सर्भे गर्ने तथा सेडिमेन्ट अध्ययन गर्ने लगायत रहेका छन्।
कम्पनीले यसै साता देखी आयोजनास्थलहरुको टोपोग्राफिकल सर्भे, क्रस सेक्सन सर्भे, जि.आइ.एस म्यापिङ तथा रिमोर्ट सेन्सिङ सम्बन्धी कार्यहरु समेत सञ्चालनमा ल्याएको छ भने जियोलोजिकल तथा जियोटेक्निकल इन्भेस्टिगेसन सम्बन्धी सेवाहरु दशैं पछि
सञ्चालनमा ल्याउने तयारी गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक तथा हाइड्रोपावर ईन्जिनियर अनुप खनालले बताउनुभएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij