२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

छहरे टोखा सडक खण्डमा भयानक बस दुर्घटना (फोटो सहित)

छहरे टोखा सडक खण्डमा भयानक बस दुर्घटना (फोटो सहित)

दिपक घिमिरे, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका-७, थानाभञ्ज्याङमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

शनिबार काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

मृत्यु भएकाहरुको संख्या अझै बढ्न सक्ने बताईएको छ । दुर्घटनामा एक दर्जन बढि घाइते भएको जनाइएको छ ।

प्रहरी घटनास्थल सम्म पुगिनसकेको र उद्धार कार्य जारी रहेको बतार्इएकाे छ ।

दुर्घटनाका घाईतेहरुको राजधानीको ग्रीनसीटि अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij