मियामी । अमेरिकामा २ हप्ताको अवधिमा फेरी अर्को बबन्डर मच्चाउने आधि आउने भएको छ । यो आन्ध्र महासागरको अहिलेसम्मकै सबै भन्दा सक्तिशाली आधी हो । यो आधि बुधबार क्यारेबियन द्विप बारबुडामा प्रति घन्टा २ सय ९७ किलोमिटर प्रति घन्टाको रफ्तारमा आएको थियो ।
आधिले प्रभाव पार्ने यो क्षेत्रफल फ्रान्स जत्तिकै ठूलो छ । यो आधि शुक्रबार ढिलोगरी अमेरिका प्रवेश गर्ने आशंका व्यक्त गरिएको छ । पन्ध्र दिनको अवधिमा दोस्रो पटक आधि आउन लागेको यो अमेरिकी इतिहासको १ सय ६६ वर्षमा पहिलो हो ।
यो आधिबाट ३ करोड मानिस अर्थात नेपालको जनसंख्या जतिनै प्रभावित हुन सक्ने आशंका व्यक्त गरिएको छ । यो द्विपको ९५ प्रतिशत क्षेत्र नराम्ररी प्रभावित भइसकेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij