२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुन तस्करीमा गाडी पास गराएको २५ सय रुपैयाँ !

सुन तस्करीमा गाडी पास गराएको २५ सय रुपैयाँ !

काठमाडौं । सोमबार प्रहरीले विशेष सुराकीको आधारमा रसुवा नाका हुँदै अवैधरुपमा राजधानी भित्र्याएको ८८ केजी सुन बरामद गर्यो । चीनको केरुङ नाका हुँदै राजधानी भित्र्याउन चालकहरु पटकपटक फेरिएको प्रहरी अनुसन्धानमा देखिएको छ।

तस्करले घटनाबारे चालकलाई जानकारी नहोस् भनेर ड्राइभर फेर्ने गरेको प्रहरीले जानकारी दियो । प्रहरीले अनुसन्धानको क्रममा तीन जना चालकलाई नियन्त्रणामा लिई अनुसन्धान गरिररहेको छ । पक्राउ परेका तीन जनाले प्रहरीको बयानमा एक ठाउँबाट सम्बन्धित ठाउँमा गाडी पुर्यााएबापत २ हजार देखि २५ सय सम्म लिने गरेको बताएका छन्।

केरुङ नाकामा चीनले ३ सय जना गाडी चालकलाई मात्र प्रवेशको पास दिएकाले पनि ती मध्येबाटै तस्करी वारपार गराउन तस्कर सक्रिय छन्। एसओटी कम्पनीले ३ सय चालकलाई चीनको केही निश्चित स्थानसम्म जाने व्यवस्था मिलाएको हो। यसरी पास भएका चालकलाई नै प्रयोग गरेर तस्करले नेपाल सुन भित्र्याउने गरेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij