बाग्मती सरसफार्इ अभियानबाट प्रेरित भएर शुरू भएकाे चक्रपथ सरसफार्इ अभियान निकै प्रभावकारी रूपमा अघी बढेकाे छ । लाेक बहादुर टण्डन नेतृत्वमा केही महिना पहिले शुरू भएकाे चक्रपथ सरसफार्इ अभियान चक्रपथ देखि नयाँ बसपार्क क्षेत्रमा पुगिरहेकाे अवस्थामा साेही अभियान अन्तरगत नै चक्रपथ क्षेत्रकाे बाफल-कलंकी खण्डमा अर्काे एक समूहबाट उक्त अभियान अघी बढेकाे छ । 
तारा बहादुर कुवँर संयाेजक रहेकाे उक्त चक्रपथ सरसफार्इ अभियानमा समाजसेवी, राजनीति, विर्थार्थी, सुरक्षाकर्मी लगायतका स्थानीयहरूकाे पहलमा याे अभियान अघी बढिरहेकाे छ ।
हाल यस अभियानकाे संरक्षक श्रीकृष्ण सिंखडा रहनुभएकाे छ भने अभियानलार्इ अघी बढाउनकाे निम्ति स्थानीयस्तरमा सञ्चालित स्कुल-कलेज लगायतका विभिन्न संस्थाहरूले सहयाेग पुर्यार्इरहेका छन् ।
अभियानमा बढ्दाे जनसहभागिताले अाफूलार्इ निकै उत्साहित बनाएकाे संयाेजक तारा बहादुर कुवँर बताउनुहुन्छ ।
पहिलो पटक चक्रपथको बाफलबाट शुरु भएको अभियान अहिले स्युचाटारदेखि कलंकीसम्म पेटी सरसफाई कार्यमा केन्द्रीत भइरहेको छ । यस चक्रपथ सफाई अभियानका अभियन्ता कुवँर नेपाल हे
भी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष पनि हुनुहुन्छ । अभियानलार्इ सहयाेगकाे निम्ति सबै पक्षलार्इ कुवँरले अाग्रह गर्दै अाउनुभएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij